मंगलबार, भदौ ९, २०८३

गुल्मीमा पहिरो जाँदा १८ महिने शिशुसहित २ को मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर १८ महिने बालकसहित दुई जनको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

काठमाडौं- गुल्मीमा पहिरोमा पुरिएर १८ महिने बालकसहित दुई जनको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

इश्मा गाउँपालिका-१ मल्दिमा बिहीबार राति पहिरोले घर बगाउँदा १८ महिने बालक र सात वर्षीया बालिकाकाे मृत्यु भएको हाे । ५५ वर्षीया एक पुरुष अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरोले पुरिएर पाँच जना घाइते भएका छन्। बसन्त सारुको घर पहिरोले बगाउँदा उनको १८ महिने छोरा सुरज सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी केदारराज पन्तले जानकारी दिए।

सोही ठाउँकी ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी सात वर्षीया छोरी अपेक्षा खत्रीकाे पनि शव भेटिएकाे छ । ईश्वरी गम्भीर घाइते भएका छन्।

पहिरोमा पुरिएर मुसिकोट नगरपालिका–२ हाँडीखोलाका ५५ वर्षीया भगिरथ घिमिरे वेपत्ता भएको प्रहरीले जनाएको छ।
रातको समयमा पहिरो जाँदासँगै रहेका हरि घिमिरे सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ।

यस्तै मुसीकोट नगरपालिका–२ मा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् ।

मुसीकोट–२ राताचौरमा जनक केसीको घर पहिरोले भत्काईदिँदा पाँच जनाको परिवार र चुमानसिंह बस्नेतको ६ जनाको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

यस्तै पहिरोले इश्मा गाउँपालिका–४ मा रहेको कालिका निमाविको नौ वटा कोठा पुरेको छ। मुसीकोट–२ हरथोक अम्राहीमा तीन वटा गोठ र खोर बगाउँदा सात वटा भैंसी र ११ वटा बाख्रा बगाएको छ। रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा तीन वटा भैँसी र सात वटा बाख्रा पुरेको छ।

पन्तका अनुसार अर्जुन बहादुर सिंहको गोठ बगाउँदा एउटा भैँसी र चार वटा बाख्रा र टेकबहादुर कार्कीको तीन वटा भैंसी पुरेको छ।

घट्नास्थलमा प्रहरी टोली पुगिसकेको र लगातारको बर्षातका कारण उद्धारमा कठिनाई भैरहेको पन्तले जानकारी दिए।

प्रकाशित: Jul 03, 2020| 11:07 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।