मंगलबार, भदौ ९, २०८३

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ ।

सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

सरोज खान मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त थिइन् । अस्पतालमा भर्ना भएपछि उनको कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको बीबीसीले लेखेको छ ।

उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । आफ्नो करियरमा उनले २ हजार भन्दा बढी गीतमा कोरियोग्राफ गरेकी उनले तीनपटक राष्ट्रिय अवार्ड पाएकी छिन् ।

उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा सुरु गरेकी थिइन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन्।

प्रकाशित: Jul 03, 2020| 10:34 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।