मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन खुकुलो भएसँगै झनै भयावह बन्यो कोरोना, एकै दिनमा थपिए २ लाख ८ हजार संक्रमित

लकडाउन खुकुलो भएसँगै झनै भयावह बन्यो कोरोना, एकै दिनमा थपिए २ लाख ८ हजार संक्रमित

अहिलेसम्मको सबै रेकर्ड तोड्दै बिहीबार एकै दिनमा कोरोनाबाट २ लाख ८ हजार ८ सयभन्दा धेरै व्यक्ति संक्रमित भएका छन् । एकै दिनमा २ लाख बढि कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसले झनै भयावह रुप लिएको छ ।

अहिलेसम्मको रेकर्ड तोड्दै बिहीबार एकै दिनमा विश्वभर कोरोनाबाट २ लाख ८ हजार ८ सयभन्दा धेरै व्यक्ति संक्रमित भएका छन् । एकै दिनमा २ लाख बढि कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो।

यसअघि बुधबार १ लाख ९६ हजार ९ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको थियो । त्यसअघि जुन २६ अर्थात् असार १२ गते १ लाख ९५ हजार ४ सय ९६ जना संक्रमित थपिएका थिए । त्यसको एक हप्ताअघि असार ५ गते १ लाख ८२ हजार ६ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो ।

दिनहुँ रेकर्ड तोड्ने गरि संक्रमित थपिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचआ)ले चिन्ता ब्यक्त गरेको छ । विश्वका अधिकांश देशले लकडाउन खुकुलो बनाएको, डब्लुएचओले दिएको गाइडलाइन पालना नगरेको, सामाजिक दुरीमा ध्यान नदिएको लगायतका कारण कोरोनाको संक्रमण झनै भयावह भएको डब्लुएचओ ठहर छ ।

कोरोनाबाट शुक्रबार बिहानसम्ममा विश्वभर १ करोड ८ लाख ३५ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् । ५ लाख २० हजार ६ सय ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १ सय ५५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा ५७ हजार २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ भने ६ सय ८७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४७ हजार ९ सय ८४ जना संक्रमित थपिँदा १ हजार २ सय ७७ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ७ सय ६० जना संक्रमित हुँदा १ सय ४७ जनाको मृत्यु भएको छ।

कोरोनाबाट अति प्रभावित मुलुकको चौथो सूचीमा रहेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ७७ जनाको मृत्यु भएको छ ।

बिहीबार मेक्सिकोमा ५ हजार ६ सय ८१, पाकिस्तानमा ४ हजार ३ सय ३९, बंगलादेशमा ४ हजार १९, पेरुमा ३ हजार ५ सयभन्दा बढि, इरानमा २ हजार ६ सयभन्दा बढि, चिलीमा करिब २ हजार ५ सयमा संक्रमण पुष्टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ४७३ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म १४ हजार ५ सय १९ जना संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 03, 2020| 07:33 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।