मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खेतमा काम गर्दा चट्याङ्ग लागेर एकै दिनमा ६ किसानको मृत्यु

खेतमा काम गर्दा चट्याङ्ग लागेर एकै दिनमा ६ किसानको मृत्यु

प्रदेश नम्बर २ मा खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेर बिहीबार एकै दिनमा ६ जना किसानको मृत्यु भएको छ ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

सप्तरी- प्रदेश नम्बर २ मा खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेर बिहीबार एकै दिनमा ६ जना किसानको मृत्यु भएको छ ।

चट्याङ्गबाट खेतमा काम गरिरहेका ९ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको छ।

त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक÷एकजना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

खेत जोत्न गएका वृद्धको चट्याङ्ग लागेर मृत्यु

सवर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका बिहीबार एक वृद्धको मृत्यु भएको छ ।

खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहेका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा बिहीबार चट्याङ् लागेको हो ।

चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित: Jul 03, 2020| 06:12 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।