मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रम स्वीकृति खुला, अब यस्ता ब्यक्ति जान पाउने छन् विदेश

श्रम स्वीकृति खुला, अब यस्ता ब्यक्ति जान पाउने छन् विदेश

बिदामा नेपाल आएका तथा प्रवेशाज्ञा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिइने भएको छ ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने भएको छ ।

मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार बिदामा नेपाल आएका तथा प्रवेशाज्ञा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिइने भएको छ ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ “यस पूर्वको अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञासमेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएका कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः स्वीकृति जारी गरिने भएको छ ।

यस्तै कोरोना महामारीका सम्बन्धमा सरकारले गत जेठ १८ गते जारी गरेको सङ्क्रामक रोग ऐन, २०२० बमोजिमको आदेशलाई आगामी साउन ६ गते मङ्गलबारसम्मका लागि निरन्तरता दिइने भएको छ ।

यस्तै कोरोना सङ्क्रमणको जोखिमको विश्लेषणका आधारमा जिल्लामा सङ्कट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भूभाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सील गर्नसक्ने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय सीमामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी आगामी साउन ६ गतेसम्म निरन्तर रहने भएको छ ।

सरकारको आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारवाही गरिने भएको छ ।

यस्तै नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानी वाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानी वाहकलाई नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिइने भएको छ ।

प्रकाशित: Jul 03, 2020| 05:44 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।