मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक महिनासम्म पीसीआर रिपोर्ट नआएपछि क्वारेन्टिनबाट भागे ७० जना

एक महिनासम्म पीसीआर रिपोर्ट नआएपछि क्वारेन्टिनबाट भागे ७० जना

पीसीआर परीक्षणको रिपोर्ट एक महिनासम्म पनि नआएपछि क्वारेन्टिनमा बसेका ७० जना भागेका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

सुर्खेत– पीसीआर परीक्षणको रिपोर्ट एक महिनासम्म पनि नआएपछि क्वारेन्टिनमा बसेका ७० जना भागेका छन्।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ को क्वारेन्टिनमा बसेका ७० जना प्रहरीलाई ढुङ्गामुढा गर्दै बिहीबार जबरजस्ती निस्केका हुन्।

क्वारेन्टिनमा बसेको एक महिनासम्म पनि रिपोर्ट नआएको भन्दै आधारभुत विद्यालय लहाघाटमा बसेका ७० जना भागेको नगरप्रमुख गोबिन्द पुनले जानकारी दिए।

उनीहरु जेठ १९ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए। क्वारेन्टिनमा बसेको १७ दिनपछि स्वाव संकलन गरी सुर्खेत पठाइएको थियो। सुर्खेतको पीसीआर मेसिन बिग्रिएकोले उनीहरुको स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाइएको छ।

प्रकाशित: Jul 02, 2020| 20:49 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।