मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तारूढ पार्टीलाई जानकारी नगराई संसद् अधिवेशन अन्त्य

सत्तारूढ पार्टीलाई जानकारी नगराई संसद् अधिवेशन अन्त्य

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीलाई समेत जानकारी नगराई संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिस गरेका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीलाई समेत जानकारी नगराई संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिस गरेका छन्। ओलीले अधिवेशन अन्त्यबारे पार्टीलाई जानकारी नगराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को छैटौं अधिवेशन अन्त्य गरेकी छन्।

स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘अधिवेशन अन्त्य त गर्र्नै पर्दथ्यो। यो सरकारको क्षेत्राधिकारभित्रको कुरा हो।’
आजै बैठक राखेर किन अन्त्य गर्नुपर्यो भन्नेबारे पार्टीलाई जानकारी छैन।’ बिहीबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्।

आजको स्थायी कमिटीको बैठकमा नेताहरू केशव बडाल, अमृत बोहोरा लगायतले सम्बोधन गरेका थिए। उनीहरूले पनि पार्टी एकताका पक्षमा धारणा राखेका थिए।

प्रवक्ता श्रेष्ठले भने, ‘नयाँ एजेन्डामा सामान्य छलफल भयो। केही मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा जानुभएपछि बैठक केही बेर स्थगित भएको थियो।' 

नेकपाको चालु स्थायी कमिटी बैठकमा भारतसँगको सीमा विवाद, एमसीसी सम्झौता अनुमोदन, सरकारको कामको समीक्षा, पार्टी एकताका बाँकी काम लगायतका एजेन्डामाथि छलफल भइरहेको छ।

बैठकमा सीमा विवादका विषयमा सबै नेताहरूले बोले पनि अन्य एजेन्डामा प्रवेशै नगरी प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने विषयले प्रवेश पाएपछि स्थायी कमिटी बैठक लम्बिने भएको छ।

प्रकाशित: Jul 02, 2020| 18:34 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।