मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समझदारीविपरीत ओलीले संसद् अधिवेशन अन्त्य गरेपछि दाहाल सशंकित

समझदारीविपरीत ओलीले संसद् अधिवेशन अन्त्य गरेपछि दाहाल सशंकित

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको समझदारीविपरीत मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गरेपछि दाहाल सशंकित भएका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको समझदारीविपरीत मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गरेपछि दाहाल सशंकित भएका छन्।

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेर कतै ओलीले फेरि अध्यादेश ल्याउन त लागेका होइनन् भनेर दाहाललाई संशय उत्पन्न भएको हो।

सोही शंका लागेपछि अध्यक्ष दाहाल बिहीबार स्थायी समिति बैठक बीचमै छाडेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘संसद अधिवेशन अन्त्य भएपछि अध्यादेश पनि चर्चामा आएकाले त्यस्तो अवस्था हो कि हैन भनेर राष्ट्रपतिसमक्ष अनुरोध गर्न दाहाल शीतल निवास जानुभएको हो।’

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अध्यादेश आइसकेको छैन भनेको र प्रधानमन्त्रीले पनि अहिले नै अध्यादेश जारी गर्ने स्थितिमा नरहेकाले ढुक्क रहन आग्रह गरेको जानकारी दाहालले बैठकमा गराएका थिए।

दाहालसँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधामन्त्रीबाट कुनै अध्यादेश नआएको जानकारी गराएकी थिइन्। दाहालले पनि कुनै अध्यादेश आए जारी नगर्न अनुरोध गरेको दाहाल निकट स्रोतले जानकारी दियो।

त्यसपछि दाहाल आश्वस्त भएर बालुवाटार फर्किएको एक नेताले जानकारी दिए।

राष्ट्रपतिलाई भेट्न जानुअघि दाहालले प्रधानमन्त्री ओलीसँग छलफल गरेर जानकारी लिएका थिए।

बिहीबार बिहान दुई अध्यक्षबीच मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन पनि तत्काल अन्त्य नगर्ने समझदारी भएको थियो।

तर सहमतिविपरीत प्रधानमन्त्री ओलीले बैठक राखेर अधिवेशन अन्त्यका लागि सिफारिस गरेका थिए।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल र केही सचिवालय सदस्यसँग छलफल गरेका थिए।

उक्त छलफलमा पनि अध्यक्षद्वयबीच बिहान भएको समझदारीविपरीत गएको भन्दै अध्यक्ष दाहाल ओलीप्रति रुष्ट बनेका थिए।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उक्त छलफलमा ओलीले बिहान अध्यक्षद्वयबीच कुराकानी भए पनि केही हुँदैन भनेर निर्णय भएको जानकारी गराएका थिए।

प्रकाशित: Jul 02, 2020| 18:26 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।