मंगलबार, भदौ ९, २०८३

उद्योगी व्यवसायीलाई मर्न दिँदैनौं : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिले उद्योगीहरुको समस्याको समाधान गर्ने बताएका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिले उद्योगीहरुको समस्याको समाधान गर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र बैंक तथा वित्तीय संस्था परिसंघको संयुक्त आयोजनामा बिहीबार भएको आगामी मौद्रिक नीतिमा सुझाव विषयक अनलाइन छलफल कार्यक्रममा उनले आगामी मौद्रिक नीतिले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्ने बताएका हुन्।

उनले भने, ‘मौद्रिक नीतिले असहज परिस्थितिमा परेका उद्योगीहरुलाई सहयोग गर्ने नै छ । हाल राष्ट्र बैंकले प्रोभिजनिङको व्यवस्था कसरी गर्ने, क्रेडिटको क्वालिटीको ग्रेडिङ कसरी गर्ने, कर्जा लिएका उद्योगी व्यापारीहरुको कर्जा पुनर्तालिकीकरण कसरी गर्ने, कति समय दिने भन्ने विषयमा गहन छलफल गरिरहेको छ। मौद्रिक नीतिले यसबारे स्पष्ट व्यवस्था गर्नेछ।’

त्यस्तै उनले आगामी मौद्रिक नीति मार्फत् पुनर्कर्जा प्रत्येक स्थानीय तहमा पुग्नेगरी व्यवस्था गर्ने, वर्किङ क्यापिटल कम्पनीको प्रकृति अनुसार व्यवस्था गर्ने, सिसिडि रेसियोलाई केही खुकुलो बनाउने बताए।

‘जीवन छ भने मात्र जीविकोपार्जन हुन्छ भन्ने हाम्रो सोच हो । उद्योगीलाई दिइने सहुलियतमा हामी कन्जुस्याइँ गर्दैनौं। अहिले बजारमा प्रचुर मात्रामा तरलताको आवश्यकता छ। बजारमा साढे दुई खर्ब तरलता छ भने थप तरलता चाहिएमा राष्ट्र बैंकले मौद्रिक औजारहरु चलाएर तरलता बढाउने छ,’ उनले भने ।

गभर्नर अधिकारीले अहिले वित्तीय संघीयताको कार्यान्वयन संक्रमणकालमा नै रहेकोले आगामी मौद्रिक नीतिमा प्रदेशले पनि कर्जा उठाउन सक्ने अधिकार दिनेगरी व्यवस्थापन गर्न लागेको बताए ।

त्यस्तै उनले अहिले नेपालको अर्थतन्त्र नकारात्मक नभएको भन्दै हाल एउटैमात्र डर भनेको निजी उद्योग व्यवसाय कसरी उठाउने भन्ने रहेको बताए।

प्रकाशित: Jul 02, 2020| 18:00 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्