मंगलबार, भदौ ९, २०८३

मौद्रिक नीतिले हामीलाई बचाओस् : व्यवसायी

निजी क्षेत्रका व्यवसायीहरुले कोभिड–१९ को महामारी संकट गहिरिएको भन्दै यसबाट बचाउन सरकारसँग आग्रह गरेका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

निजी क्षेत्रका व्यवसायीहरुले कोभिड–१९ को महामारी संकट गहिरिएको भन्दै यसबाट बचाउन सरकारसँग आग्रह गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अनलाइन अन्तरक्रियामा उनीहरुले मौद्रिक नीतिमार्फत् व्यवसायीलाई बचाउन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसाय सञ्चालनमा समस्या बढ्दै जाँदा व्यवसायीले आत्महत्या नै गर्ने हुन् कि भन्ने अवस्था आएको बताए। “व्यवसायीलाई तरलता व्यवस्थापनको समस्याले आत्महत्या गर्नुपर्ने अवस्था आएको छ,” उनले भने, “मौद्रिक नीति चाँडै आओस् र रिकभर होस् भन्ने हाम्रो चाहाना छ ।”

उपाध्यक्ष गोल्छाले सरकारले कर तिर्न दिएको दबाबले व्यवसायीलाई अप्ठ्यारो परेकाले यसको विकल्प खोज्नुपर्ने बताए। पुनर्कर्जाको स्वरुपलाई परिवर्तन गरी साना तथा मझौला कर्जा माथि उठाउनमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने उनले बताए। जिल्ला–जिल्लाबाट कर्जा पुनर्तालिकिकरण गर्नका लागि आग्रह आएको भन्दै उनले यसलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताए।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले मौद्रिक नीतिले कर्जा पुनर्तालिकिकरण र पुनर्कर्जामा जोड दिनुपर्ने बताए। पुनर्कर्जाको व्याजदर ५ प्रतिशतबाट घटाउनुपर्ने र हेजिङ फण्डको व्यवस्था कार्यान्वयन हुनुपर्ने उनले उल्लेख गरे।

 

प्रकाशित: Jul 02, 2020| 17:50 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्