मंगलबार, भदौ ९, २०८३

आज ४७३ जनामा कोरोना पुष्टि, साढे ६ सय डिस्चार्ज

आज देशका विभिन्न ठाउँमा ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- आज देशका विभिन्न ठाउँमा ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ।

योसहित हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या १४ हजार ५१९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म आइसोलेसनमा रहेका व्यक्तिको संख्या १० हजार १३७ छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६६४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेकाे संख्या ५ हजार ३२० रहेकाे छ।

प्रकाशित: Jul 02, 2020| 16:28 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।