मंगलबार, भदौ ९, २०८३

नेकपा स्थायी कमिटी : छैटौं दिनको दोस्रो बैठक सुरु

नेकपा स्थायी कमिटीको छैटौं दिनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं– नेकपा स्थायी कमिटीको छैटौं दिनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ।

११ बजे बसेको बैठक केही बेर स्थगन गरी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै भेटवार्ता भएको थियो। यसैबीचमा मन्त्रिपरिषद् बैठक बसेको थियो।

बैठकको बीचमा उठेका अध्यक्ष दाहाल र ओलीबीच छुट्टै छलफल भएको थियो। त्यसपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

उनी शीतल निवासबाट फर्किएपछि बैठक सुरु भएको एक स्थायी कमिटी सदस्यले नेपाल समयलाई जानकारी दिए। राष्ट्रपति भण्डारीसँग दाहालले के विषयमा छलफल गरे भन्ने विषय सार्वजनिक भएको छैन।

दोस्रो पटक बसेको बैठकको अध्यक्षता पनि दाहालले नै गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष भने सहभागी भएका छैनन्।

 

प्रकाशित: Jul 02, 2020| 16:25 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।