मंगलबार, भदौ ९, २०८३

टिप्परको ठक्करबाट घाइते सैनिकको मृत्यु

गोरखामा बुधबार टिप्परको ठक्‍करबाट घाइते भएका एक सिपाहीको मृत्यु भएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

गोरखामा बुधबार टिप्परको ठक्‍करबाट घाइते भएका एक सिपाहीको मृत्यु भएको छ।

घाइते चार सिपाहीमध्ये रणसिंह दल गण गोरखामा कार्यरत पालुङ्टार–३ का प्रेम परियारको उपचारको क्रममा मृत्यु भएको हो।

गणपति उज्वल केसीका अनुसार अर्का सिपाही बज्रबाराही नगरपालिका ललितपुरका रञ्जित राना गम्भीर घाइते छन्। उनको टाउकोमा चोट लागेको र भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आइसियुमा उपचार भैरहेको छ।

नेपाली सेनाको बा १ झ ५८०० नम्बरको भ्यानलाई लु १ क ३८४६ नम्बरको टिप्परले ठक्‍कर दिँदा चार जना घाइते भएका थिए।

दुई जना गोरखा अस्पतालमा सामान्य उपचारपछि फर्किएका छन्।

टिप्पर घुम्तीमा असावधानीपूर्वक चलाउँदा उक्त दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 02, 2020| 16:06 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।