मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अधिवेशन अन्त्यबारे संघीय संसदले गरायो सांसदलाई जानकारी

अधिवेशन अन्त्यबारे संघीय संसदले गरायो सांसदलाई जानकारी

संघीय संसदले संसदको चालु अधिवेशन अन्त्य भएको विषयमा सांसदहरूलाई जानकारी गराएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकले आगामी सोमबारका लागि संसद बैठक डाकिएकै अवस्थामा अधिवेशन अन्त्यको घोषणा भएपछि संघीय संसद सचिवालयले सूचना निकालेर सांसदहरुलाई जानकारी गराएको हो।

संघीय संसदका महासचिव भरतराज पौडेलले निकालेको सूचनामा भनिएको छ, ‘२०७७ असार २२ गते दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकसमेत अन्त्य भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ३ उपनियम २ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रकाशित: Jul 02, 2020| 15:57 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।