मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा विहिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

विराटनगर– प्रदेश १ मा विहिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बिहिबार मोरङमा ६, सुनसरीमा ३, खोटाङ र झापामा १–१ जनामा संक्रमण देखिएको छ । मोरङको उर्लाबारीमा ४ महिला र २ पुरुष, सुनसरीको इटहरीमा ३ पुरुष, खोटाङको दिक्तेल र झापाको शिवसतासीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय १५ जना पुगेका छन् । प्रदेश १ बाट ४ सय डिस्चार्ज भएका छन् ।

प्रकाशित: Jul 02, 2020| 15:49 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।