पोखरा- गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार दिउँसो कास्की र लमजुङ जिल्लामा १७ जना संक्रमित थपिएका हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङका १६ जनामा संक्रमण पुष्टि भएको छ।
लमजुङको बेशीशहर, दोर्दी, मध्यनेपाल, दुधपोखरी, सुन्दरबजार, मर्स्याङ्दी र राइनासमा संक्रमित थपिएका हुन्।
थपिएकामध्ये १ महिला र १५ पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
योसहित गण्डकी प्रदेशमा १ हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार बिहान मात्रै गण्डकी प्रदेशका विभिन्न जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

