काठमाडौं- राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त संसदको छैटौं अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेकी हुन्।
अध्यक्ष तिमल्सिनाले चालु अधिवेशनमा राष्ट्रिय सभा बैठकमा भएका विभिन्न गतिविधिमाथि संक्षिप्त जानकारी गराउँदै बैठक अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए।
