मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थायी कमिटी बैठकको बीचमै ओली–प्रचण्ड छुट्टै वार्ता

स्थायी कमिटी बैठकको बीचमै ओली–प्रचण्ड छुट्टै वार्ता

प्रधानमन्त्री निवास बालुटारमा नेकपा स्थायी कमिटी बैठक चलिरहँँदा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै भेटवार्ता भएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं– प्रधानमन्त्री निवास बालुटारमा नेकपा स्थायी कमिटी बैठक चलिरहँँदा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै भेटवार्ता भएको छ।

केही बेरअघि सुरु भएको बैठकको अध्यक्षता दाहालले गरेका थिए। बैठकको बीचमा उठेका अध्यक्ष दाहाल र ओलीबीच छुट्टै छलफल भएको दाहाल निकट स्रोतले नेपाल समयलाई जानकारी दियो।

दुई अध्यक्षबीच पार्टीलाई जसरी पनि एक ढिक्का बनाएर लैजाने विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले चालु संसदको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय पनि दाहाललाई सुनाएका थिए। स्थायी कमिटीको बैठकबाट दाहाल उठेपछि केही समय बैठक रोकिएको थियो।

प्रकाशित: Jul 02, 2020| 14:30 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।