मंगलबार, भदौ ९, २०८३

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन अन्त्य गरेकी छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु बजेट अधिवेशन अन्त्य गरेकी छन्।

आज मध्याह्न १२ बजे बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

राष्ट्रपतिले सरकारको निर्णयमा हस्ताक्षर गरेसँगै दुवै सदनको चालु अधिवेशन आजैदेखि अन्त्य भएको छ।

बैशाख २६ गतेदेखि सुरु भएको संसदको अधिवेशनले संविधान संशोधन विधेयक र आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरेको छ।

निकै महत्त्वपूर्ण मानिएका नागरिकतासम्बन्धी विधेयक र निजामती कर्मचारी विधेयक अन्तिम चरणमा आएर रोकिएको छ।

नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग सम्झौता एमसीसी पनि संसदीय अनुमोदनको पर्खाइमा थियो।

 

प्रकाशित: Jul 02, 2020| 14:28 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।