मंगलबार, भदौ ९, २०८३

'जनताको मुक्तिका लागि लड्दै छौं भन्न लाज लागेको छ’

‘नवराज विक कोइराला, शाही, ठकुरी भएको भए रुकुम पश्चिमको घटना हुँदैन थियो।’
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- राष्ट्रिय सभाको आजको बैठकमा राज्य शक्तिको अभ्यास हुने विशेष अंग र निकायमा दलित समुदायको प्रतिनिधित्व गराउनुपर्ने आवाज उठेको छ।

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले भने, ‘समानुपातिक प्रतिनिधित्व मात्र होइन, नीति निर्माण हुने तह र शक्तिको अभ्यास हुने ठाउँमा दलितको प्रतिनिधित्व गराइयोस्। दलित समुदायलाई शक्ति अभ्यास नगराइएसम्म समानताको अवस्था हुँदैन।’

राजनीतिक प्याकेज र आरक्षणले मात्र दलित समुदाय अधिकार सम्पन्न नहुने उनको भनाइ।

उनले भने, ‘देशका विभिन्न ठाउँमा दलितमाथि भेदभाव भइरहेको छ। यसको अन्त्य गर्नुपर्छ। कानुनको कडाइ कार्यान्वयन नगरेसम्म दलित समुदायले अधिकार पाउन सक्दैन।’

संविधान र कानुनमा जातीय छूवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था रहे पनि मान्छेले मान्छेप्रति भेदभावपूर्ण व्यवहार गनुु दुःखद रहेको बताए।

उनले दुई वर्षको बीचमा बलात्कार, हत्या, यौनजन्य दुव्र्यहारका चार हजार ९४० घटना भएको विवरण सुनाए। तीनमा ३५ सय बलात्कारका घटना छन्। यस्तै २६ वटा घटना बलात्कारपछि हत्या भएका थिए। यसमा ३५ प्रतिशत घटना दलित समुदायका महिलामाथि भएका थिए।

उनले भने, ‘नवराज विक कोइराला, शाही, ठकुरी भएको भए रुकुम पश्चिमको घटना हुँदैन थियो।’

उनले प्रहरी हिरासतमा मारिएका जनकपुरका शम्भु सदाको अन्त्येष्टि नहुँदा शव गनाउने अवस्थामा रहनु दुःखद रहेको बताए।
धनुषाकै हंसपुरका १६ वर्षे राज सदा मुसहरमा प्रादेशिक अस्पतालमा उपचार नपाएर अकाल मृत्युको सिकार हुनु लज्जाको विषय बनेको उनको भनाइ छ।

सांसद देवले भने, ‘पहाडदेखि तराईसम्म विपन्न समुदायमाथि भेदभाव भइरहेको छ। अग्रगामी सोच राख्नेका लागि ठूलो चुनौतीको विषय हो। हामी जनताको मुक्तिका लागि लड्दै छौं भन्न लाज लागेको छ।’

दलित समुदायलाई आर्थिक रुपमा मजबुत बनाउन केही प्याकेज नल्याइएसम्म उनीहरुमाथि भेदभाव कायमै रहने बताए।

देवले भने, ‘राज्यले लक्षित योजना अगाडि बढाओस्। दलित विपन्नको तथ्यांक संकलन गरोस्। तत्कालीन रुपमा आर्थिक प्याकेजको घोषणा गरियोस्।’

प्रकाशित: Jul 02, 2020| 14:17 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।