मंगलबार, भदौ ९, २०८३

कोरोना संक्रमित ४७ दिने शिशुको मृत्यु

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका कोरोना भाइरस (कोभिड-१९) संक्रमित ४७ दिने शिशुको मृत्यु भएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमित भई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका ४७ दिने शिशुको मृत्यु भएको छ।

ती शिशुको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पतालको कोभिडका प्रवक्ता डा.सन्तकुमार दासले जानकारी दिए।

ती शिशुको गत सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पतालमै जन्मिएको शिशुको जन्मेदेखि नै श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ।

ती शिशुको शल्यक्रिया गर्नुअगाडि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

प्रकाशित: Jul 02, 2020| 13:33 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।