बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • गहना पसलमा हुण्डी कारोबार, साढे ३८ लाख रुपैयाँसहित सञ्चालक समातिए

गहना पसलमा हुण्डी कारोबार, साढे ३८ लाख रुपैयाँसहित सञ्चालक समातिए

पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न ज्वेलरी सञ्चालकसहित ३८ लाख ५१ हजार रुपैयाँ बरामद गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८
National life
Shivam cement

पर्सा– पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न ज्वेलरी सञ्चालकसहित ३८ लाख ५१ हजार रुपैयाँ बरामद गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माईस्थान वडा नम्बर ६ स्थायी घर भएका कन्हैया प्रसाद सोनारको घरबाट उक्त रकम सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। 

पर्सा प्रहरीले बुधबार दिउँसो केपी ज्वेलर्सभित्र अवैध वित्तीय कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। 

केपी ज्वेलर्सका सञ्चालक कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने परवानीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षिय दिपक कुमार सर्राफलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 16, 2021| 11:33 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।