काठमाडौं– सरकारले राष्ट्रपतिसमक्ष चालू संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ।
सरकारको सिफारिस राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संसद अधिवेशन अन्त्य हुनेछ।
सत्तारूढ दल नेकपामा विवाद उत्कर्षमा पुगेको बेला गरिएको संसद अधिवेशन स्थगितलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रतिनिधि सभाको बैठक आइतबारको लागि डाकिएको थियो भने राष्ट्रिय सभा बैठक भने चलिरहेको छ।
संसद् अधिवेशन अन्त्यको सिफारिससँगै मन्त्रिरिषदको बैठक सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान मात्रै आज मध्याह्न १२ बजे आकस्मिक मन्त्रिपरिदको बैठक बोलाएका थिए।
