सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली भने सहभागी छैनन्।
१० असारमा सुरु भएको स्थायी कमिटी बैठकको आज छैटौं दिन हो।
नेकपाभित्र शक्ति संघर्ष चर्किंदै जाँदा प्रधानमन्त्री ओलीले केहीबेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् भने मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाएका छन्।
