सेयर बजारमा दोस्रोपल्ट नेगेटिभ सर्किट ब्रेक लागेको छ। नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।
कारोबार सुरु भएको २३ मिनेटमा पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो।
२० मिनेटपछि कारोबार खुलेको ४ मिनेटमै फेरि सर्किट ब्रेक लागेको हो। अब ४० मिनेटपछि बजार खुल्नेछ।
