मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितलाई नचाउँछन् आइसोलेसनमा नाचेरै भाइरल भएका युवक

कोरोना संक्रमितलाई नचाउँछन् आइसोलेसनमा नाचेरै भाइरल भएका युवक

आइसोलेसन केन्द्रमा नाचेर भाइरल भएका पासीले अहिले पनि नाच्न छाडेका छैनन्। तर, अहिले उनी एक्लै नाच्दैनन्, अरुलाई पनि नचाउँछन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

भैरहवा- गत वैशाख २२ गते मुखमा पहेँलो मास्क लगाएका एक युवा नाचिरहेको दृश्य सामाजिक सञ्जालमा ‘भाइरल’ भयो।

रुपन्देहीको बुटवलस्थित धागो कारखानाको आइसोलेसन केन्द्रमा नाच्ने ती युवा हुन्, कोटहीमाई गाउँपालिका–१ का २५ वर्षीय कृष्ण पासी। उनी नाचेको भिडियो त्यहीँ कार्यरत एक नर्सले मोबाइलमा खिचेर सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन्।

कोरोना पोजेटिभ देखिएपछि उक्त आइसोलेसन केन्द्रमा भर्ना भएका पासी अहिले भने निको भएर घर फर्किसकेका छन्।

गत वैशाख ५ गते भारतको दिल्लीबाट फर्केर उनी मर्चवारको मझगावस्थित क्वारेन्टिनमा बसेका थिए। गत वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसन भर्ना भएका थियो।

आइसोलेसन केन्द्रमा नाचेर भाइरल भएका पासीले अहिले पनि नाच्न छाडेका छैनन्। तर, अहिले उनी एक्लै नाच्दैनन्, अरुलाई पनि नचाउँछन्।

जिल्लाको मझगावस्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा बनाइएको कोरोना आइसोलेसन सेन्टरमा उनी नाचिरहँदा त्यहाँ रहेका संक्रमितहरु पछ्याउँछन्। त्यहाँ दैनिक तीन पटक हिन्दी, भोजपुरी, नेपाली भाषाका विभिन्न गीतमा नृत्य हुने गरेको छ। एक पटक कम्तीमा एक घन्टा।

कोटहीमाई गाउँपालिकाले उक्त आइसोलेसन सेन्टरका संक्रमितलाई नचाउने र हसाउने जिम्मेवारी पासीलाई दिएको छ।

गाउँपालिकालले जिम्मेवारी दिएपछि आइसोलेसनमा रहेकाहरुलाई नाच्न सिकाइरहेको पासीले बताए। कोरोनामुक्त भएपछि गाउँमा कोरोनासम्बन्धी सचेतना फैलाएका उनले कोरोना संक्रमणलाई हिम्मतले जित्न सकिने तर्क गरे।

कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र घिमिरेले कोरोना संक्रमितका लागि पासीको हिम्मत उदाहरणीय रहेको बताए।

 

प्रकाशित: Jul 02, 2020| 12:01 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।