सेयर बजारमा आज (बिहीबार) कारोबार सुरु भएको २३ मिनेटमा नै नेगेटिभ सर्किट ब्रेक लागेको छ।
५३.५ अंक अर्थात् ४ प्रतिशतले नेप्से परिसूचक घटेपछि सेयर कारोबार २० मिनेटका लागिका लागि रोकिएको छ।
२३ मिनटेमा बजारमा २२ करोड रुपैयाँको कारोबार भएको छ। हिजो र अस्ति नेप्सेमा लगातार पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको थियो।
लामो समयपछि सोमबार खुलेको बजारमा निकै उतारचढाव आइरहेको छ।
