प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको माग बढिरहेका बेला ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
बैठक अहिले १२ बजे बस्ने उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए।
मन्त्रिपरिषद्काे बैठक डाकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुगेका छन्।
आज नै नेकपाको स्थायी कमिटी बैठक पनि बस्दैछ। अहिले बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकका लागि स्थायी कमिटी सदस्यहरु हलभित्र पसिसकेको तर बैठक सुरु नभएको सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।
१२ बजे मन्त्रिपरिषद् बैठक डाकिएकाले स्थायी कमिटी बैठक बस्ने नबस्ने अन्योल भएको उनले बताए। स्थायी कमिटी बैठक १० असारदेखि जारी छ।
