शुक्रबार, फागुन २९, २०८२

बेलायतले ३० लाख हङ‌कङवासीलाई नागरिकता दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई बेलायत लैजाने र उनीहरुले बेलायती नागरिकताको लागि आवदेन दिन पाउने बताएका छन्।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं-  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई बेलायत लैजाने र उनीहरुले बेलायती नागरिकताको लागि आवदेन दिन पाउने बताएका छन्।

National life

चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि बेलायतले यस्तो प्रस्ताव गरेको हो । जुन १९९७ सम्म  हङकङ बेलायतको उपनिवेश थियो ।

प्रधानमन्त्री जोनसनले चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट बाहिरिन बाटो खुला गरिदिने बताएको बीबीसीले उल्लेख गरेको छ।

करिब तीन लाख ५० हजार बेलायती पासपोर्ट भएकासँगै अन्य २६ लाख हङकङ बासिन्दा बेलायत जान पाउने छन्।

बेलायत पुगेको एक वर्षपछि उनीहरूले नागरिकताका लागि आवेदन दिन पाउने छन्।

Laxmi sunrise bank
kumari

बेलायती पासपोर्ट बाहक हङकङका बासिन्दालाई सन् १९८० को दशकमा विशेष हैसियत प्रदान गरिएको थियो। तर अहिले उनीहरूको त्यो अधिकारमा प्रतिबन्ध लगाइएको छ र प्रवेशाज्ञा नलिएरै छ महिनाको निम्ति ब्रिटेन प्रवेश गर्न पाउने सुविधामा सीमित तुल्याइएको छ।

सरकारको नयाँ योजना अनुसार उनीहरू र उनहरूमा निर्भर रहेका परिवारका सदस्यलाई पाँच वर्षको निम्ति ब्रिटेनमा बस्न, काम गर्न र पढ्न दिइने छ।

उता चीनले भने नयाँ कानुन हङकङको स्थायित्वको निम्ति आवश्यक रहेको बताएको छ।

प्रकाशित: Jul 02, 2020| 09:20 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।