काठमाडौं- काठमाडौंको पेप्सीकोला स्थित एक घरको कोठभित्र एउटै पासोमा झुण्डिएको अवस्थामा एक जोडीको शव फेला परेको छ ।
कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९, पेप्सीकोलाको एक घरको कोठाभित्र सलको पासो लगाएर झुण्डिएको अवस्थामा युवक र युवती शव फेला परेको बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी दक्षकुरमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार उक्त जोडी भाडाको कोठमा लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ । सोही कोठमा उनीहरु झुण्डिएको अवस्थामा फेला परेको हो ।
प्रहरी स्रोतका अनुसार उनीहरू ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीया अस्मिता थापा हुन् ।
घटना बुधबार दिउँसो साढे १२ बजे तिरको भएको उनले बताए । 'स्थानीयले खबर गरेपछि हामी आउदा एउटै सलमा झुण्डिएको अवस्थामा शव भेटियो । घटनाका विषयमा थप अनुसन्धान गरिराखेका छौ ।' उनले भने ।
घटना रहस्मय भएको भन्दै डीएसपी बस्नेतले हत्या वा आत्महत्या खुल्न नसकेको बताए । यसका विषयमा गम्भीर अनुसन्धान थालिएको जानकारी दिए ।
