मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेकर्ड तोड्नेगरी फैलियो कोरोना, २४ घण्टामा कहाँ के भयो?

रेकर्ड तोड्नेगरी फैलियो कोरोना, २४ घण्टामा कहाँ के भयो?

अहिलेसम्मको रेकर्ड तोड्ने गरी बुधबार एकै दिनमा विश्वभर कोरोनाबाट १ लाख ९६ हजार ९ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

महामारीको रुप लिएको कोरोना भाइरस झनै तीव्र गतिमा फैलिएको छ ।

अहिलेसम्मको रेकर्ड तोड्ने गरी बुधबार एकै दिनमा विश्वभर कोरोनाबाट १ लाख ९६ हजार ९ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो ।

यसअघि जुन २६ अर्थात् असार १२ गते १ लाख ९५ हजार ४ सय ९६ जना संक्रमित थपिएका थिए । त्यसको एक हप्ताअघि असार ५ गते १ लाख ८२ हजार ६ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसबाट पछिल्लो एक हप्तामा मात्रै विश्वभर १२ लाख ६२ हजार ४ सय ७३ जना संक्रमित भएका छन् । एक महिनाको अवधिमा ४४ लाख २९ हजार २ सय १६ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म कोरोनाबाट १ करोड ६ लाख ६४ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् भने ५ लाख १५ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ४ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा पछिल्लो २४ घण्टामा ५१ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ७६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४४ हजार ८ सय ८४ जना संक्रमित थपिँदा १ हजार ५७ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ५ सय ५६ जना संक्रमित हुँदा २ सय १६ जनाको मृत्यु भएको छ।

कोरोनाबाट अति प्रभावित मुलुकको चौथो सूचीमा रहेको भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ३८ जनाको मृत्यु भएको छ ।

बेलायतमा ८ सय २९ जना संक्रमित थपिँदा १ सय ७६ जनाको मृत्यु भएको छ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ४८२ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 02, 2020| 08:04 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।