मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोरोना संक्रमण, ३ जिल्ला संक्रमणमुक्त

परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोरोना संक्रमण, ३ जिल्ला संक्रमणमुक्त

नेपालमा पीसीआर परीक्षण गरिएका मध्ये ६.०२ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

नेपालमा पीसीआर परीक्षण गरिएका मध्ये ६.०२ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ।

बुधबार साँझसम्मको तथ्यांकअनुसार २ लाख ३३ हजार २२७ जनाको नमुना परीक्षण गर्दा १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको दर भने २६ प्रतिशत छ । बुधबारसम्ममा ४ हजार ६५६ जना कोरोनामुक्त भएका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?

सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा छन्। प्रदेश २ मा हालसम्म ३ हजार ८५६ जना संक्रमित भएका छन् भने १ हजार ३९३ जना संक्रमणमुक्त भएका छन्। बुधबार प्रदेश २ मा २ हजार ४५९ सक्रिय केस छन् ।

त्यस्तै प्रदेश १ मा हालसम्म ६२३ जना संक्रमित भएकोमा ४०० जना संक्रमणमुक्त भएका छन्। उक्त प्रदेशमा २२३ सक्रिय केस छन् । प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन ।

बागमती प्रदेशमा ४५८ जनामा संक्रमण देखिएकोमा २५६ जना संक्रमणमुक्त हुन बाँकी छ। १९७ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा ९२५ जना सक्रिय संक्रमित छन् । १३१ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। गण्डकीमा १ हजार ५८ जना संक्रमित भेटिएका छन्।

प्रदेश २ पछि सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा भेटिएका छन् । ३ हजार ८४३ जना संक्रमित भेटिएकोमा १ हजाार ९०७ जना संक्रमणमुक्त भएका छन् । उक्त प्रदेशमा २ हजार ९२७ सक्रिय संक्रमित छन्। सबैभन्दा धेरै ९ जना संक्रमितको मृत्यु भएको छ ।

कर्णाली प्रदेशमा १ हजार ५०८ संक्रमित भेटिएकोमा बुधबार साँझसम्ममा ९९१ सक्रिय केस छन् भने ५५३ जना कोरोनामुक्त भएका छन्। कर्णालीमा ४ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म २ हजार ७०० संक्रमित भेटिएकोमा ७० जनामात्रै कोरोनामुक्त भएका छन् । यस उक्त प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने २ हजार ६१९ सक्रिय संक्रमित छन्।

३ जिल्ला कोरोनामुक्त

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा ३ जिल्लामा भने आजको दिनमा एक जना पनि सक्रिय संक्रमित छैनन्।

भोजपुर, सोलुखुम्बु र दोलखामा अहिले कुनै पनि सक्रिय केस नभएकाले यी जिल्ला कोरोनामुक्त भएका छन् ।

 

प्रकाशित: Jul 02, 2020| 06:48 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।