मंगलबार, भदौ ९, २०८३

दुई दिनदेखि दाङमा सलहको वितण्डा

मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले बुधबार साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा नोक्सान पुर्याउने क्रम जारी राखेको छ ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले बुधबार साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा नोक्सान पुर्याउने क्रम जारी राखेको छ ।

केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पुर्याएको छ । सलह घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली, राप्ती, गढवा, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेसम्म बसिरहेको छ । सलहलाई स्थानीयवासीले भगाउने प्रयास गरे पनि ठूलो सङ्ख्यामा आएकाले नसकिएको उनले बताए।

उनका अनुसार सलहले अहिलेसम्म करीब सात सय हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ्न सक्ने छ ।

प्रकाशित: Jul 02, 2020| 05:42 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।