मंगलबार, भदौ ९, २०८३

माथिको आदेश नमान्ने सहायक रथी र महासेनानी बर्खास्त

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ ।

सेनाको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरुलाई कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञासम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदाअनुसारको जिम्मेवारी तथा आचरण नगरेको अदालतको ठहर छ । त्यसैका आधारमा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गरिएको छ ।

पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिंँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।

 

प्रकाशित: Jul 02, 2020| 05:37 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।