मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-दाहाल समूहको झम्सिखेल भेला : ओलीलाई राजीनामा गराउने रणनीति तय

नेपाल-दाहाल समूहको झम्सिखेल भेला : ओलीलाई राजीनामा गराउने रणनीति तय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संघर्ष चर्किंदै जाँदा दाहाल–नेपाल समूहले छुट्टै भेला गरेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संघर्ष चर्किंदै जाँदा दाहाल–नेपाल समूहले छुट्टै भेला गरेको छ।

बुधबार बेलुका ललितपुरको झम्सिखेलस्थित एक होटेलमा भएको भेलामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, रामबहादुर थापासहित ३० भन्दा बढी स्थायी कमिटी सदस्यहरु सहभागी भएको नेता रावलले जानकारी दिएका छन्।

गृहमन्त्री थापा यसअघि भएका नेपाल-दाहाल पक्षको भेलामा सहभागी भएका थिएनन् भने १० असारदेखि जारी स्थायी कमिटी बैठकमा पनि बोलेका छैनन्। त्यसैले उनी प्रधानमन्त्री ओलीको पक्षमै रहेको धेरैको बुझाइ थियो।

झम्सिखेल भेलाले प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति तयार पारेको बुझिएको छ ।

‘भोलि बिहान अध्यक्ष प्रचण्डले स्थायी कमिटीका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ।  पार्टीको निर्णय सबैले मान्नुपर्छ भन्ने कुरा हो,’ नेता रावलले भने। 

दाहाल–नेपाल समूहका नेताहरुको यो भेलाले प्रधानमन्त्री ओलीमाथि दबाब बढाउँदै उनलाई प्रधानमन्त्री पदबाट राजीनामा गराउने रणनीति तयार पारेको हो ।

स्थायी कमिटीका अधिकांश सदस्यले कमिटी बैठकमै ओलीको राजीनामा मागिसकेका छन्। अब बिहीबारको स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने बारेमा पनि भेलामा  छलफल भएको छ।

प्रधानमन्त्रीले पार्टी निर्णय नमानेमा विधानअनुसार अगाडि बढ्ने निर्णय भएको भेलामा सहभागी एक नेताले नेपाल समयलाई बताए ।

नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा छन्। 

भेलामा पर्यटनमन्त्री एवं स्थायी कमिटी सदस्य योगेश भट्टराई र उद्योग मन्त्री लेखराज भट्ट सहभागी थिएनन् ।

 

प्रकाशित: Jul 01, 2020| 22:55 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।