मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झम्सिखेल भेलाको निष्कर्षः अध्यक्ष ओलीले पार्टीको निर्देशन मान्नैपर्ने

झम्सिखेल भेलाको निष्कर्षः अध्यक्ष ओलीले पार्टीको निर्देशन मान्नैपर्ने

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने निष्कर्ष निकालेका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

ललितपुर– नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने निष्कर्ष निकालेका छन्।

बुधबार झम्सिखेलमा भेला भएका ३० जना नेताले अध्यक्ष ओलीलाई पार्टीको निर्देशन मान्न बाध्य बनाउने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य भीम रावलले भेलामा अधिकांश मन्त्रीसमेत सहभागी भएको जानकारी दिए।

पछिल्ला दिनमा सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल ओलीले सरकार र पार्टी अध्यक्ष दुवै छोड्नुपर्ने बताउँदै आएका छन्।

ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ।

प्रकाशित: Jul 01, 2020| 22:20 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।