मंगलबार, भदौ ९, २०८३

टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा चार सैनिक घाइते

गोरखामा टिप्परले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा चार जना सैनिक घाइते भएका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं- गोरखामा टिप्परले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा चार जना सैनिक घाइते भएका छन्।

गोरखा नगरपालिका–११ पन्ध्रकिलो मोड नजिकै लु १ प ३८४६ नम्वरको टिप्परले बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई ठक्कर दिएको छ।

ठक्करबाट चार सैनिक घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका प्रवक्ता डिएसपी बासुदेव खतिवडाले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए।

गम्भीर घाइतेलाई चितवन पठाउने तयारी भैरहेको र बाँकीको स्थानीय अस्पतालमा उपचार भैरहेको खतिवडाले बताए।

प्रकाशित: Jul 01, 2020| 19:08 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।