मंगलबार, भदौ ९, २०८३

केपी ओलीले मार्गप्रशस्त गर्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘नेकपाले प्राप्त गरेको यो जनमत सायदै अरुले प्राप्त गरेको छ । प्रदेश सरकारको कुरा गर्दा पनि ७ वटामध्ये ६ वटामा नेकपाको सरकार छ । जनताले यो भन्दा बढी समर्थन कसैलाई दिन सक्दैनन् । म प्रश्न गर्न चाहन्छु– जनताले कतिसम्म समर्थन गर्यो भने यो सरकारले काम गर्ने हो ?’

पौडेलले प्रधानमन्त्री ओलीले नक्सा पारित गरेको पर्दाभित्र आफूले गरेका सबै कुकृत्य लुकाउन खोजेको आरोप लगाए। उनले सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा देशभरिका क्वारेन्टिन भेडाबाख्राको खोरजस्तै भएको पनि टिप्पणी गरे।

उनले भने, ‘क्वारेन्टिनमा भौतिक दूरी कायम गर्न सकिएको छैन। सरकारले स्थानीय सरकारहरुलाई साधन स्रोत उपलब्ध गराएन।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले साउनमा ४० हजारसम्म संक्रमित पुग्ने उल्लेख गरेको सुनाउँदै पौडेलले कोरोना संक्रमण बढिरहेको अवस्थामा एक लाखसम्म देखिने अवस्था पुग्ने आँकलन गरे।

उनले भने, ‘अझै मास लेभलमा परीक्षण भएकै छैन् आफ्नै निकायले आरटिडी किनेको किन्यै गर्ने ?’ उनले कोभिड नियन्त्रणमा पनि प्रधानमन्त्री अ‍ोली असफल भएको दाबी गरे ।

प्रकाशित: Jul 01, 2020| 19:02 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।