मंगलबार, जेठ ५, २०८३

विद्यालयका पाठ्यपुस्तकमा महिलालाई कम आँकियो : युनेस्को रिपोर्ट

युनेस्कोद्वारा हालै प्रकाशित एक रिपोर्टका अनुसार विश्वका अधिकांंश विद्यालयका पाठ्यपुस्तकमा पुरुषका चित्रको संख्या धेरै हुने मात्र होइन महिलालाई कम प्रतिष्ठित पेशामा, अन्तर्मुखी र निर्धो देखाइएको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं‍- युनेस्कोद्वारा हालै प्रकाशित एक रिपोर्टका अनुसार विश्वका अधिकांंश विद्यालयका पाठ्यपुस्तकमा पुरुषका चित्रको संख्या धेरै हुने मात्र होइन महिलालाई कम प्रतिष्ठित पेशामा, अन्तर्मुखी र निर्धो देखाइएको छ।

National life

युनेस्कोले जारी गरेको ग्लोबल एजुकेशन मनिटरिङ रिपोर्ट २०२० ले पाठ्यपुस्तकमा महिलाको प्रतिनिधित्व कम देखाउनुका साथै उनीहरुलाई पारम्परिक भूमिकामा प्रस्तुत गरिएको उल्लेख गरेको हो।

हालै जारी वार्षिक रिपोर्टको चौथो संस्करणमा पुरुषलाई डाक्टरका रुपमा र महिलालाई नर्सका रुपमा देखाइएको, महिलालाई भोजन, फेसन वा मनोरञ्जनसँग सम्वन्धित विषयमा देखाइएको र महिलाको स्वेच्छिक भूमिकामा र पुरुषलाई आय आर्जन गर्ने नोकरीमा देखाइएको उल्लेख छ।

यसमा लैंगिक सन्तुलनलाई प्रस्तुत गर्न विभिन्न देशहरुले गरिरहेको प्रयास पनि उल्लेख गरिएको छ।

रिपोर्टमा भनिएको छ, ‘अफगानिस्तानमा सन् १९९० को दशकमा प्रकाशित कक्षा १ को पाठ्यपुस्तकमा महिलाको चित्र लगभग शून्य थियो। सन् २००१ पछि पाठ्यपुस्तकमा महिलाको चित्र प्रस्तुत गरिए पनि उनीहरुलाई निर्धो र घरेलू भूमिकामा मात्र सिमित गरिएको छ।’

रिपोर्टमा इटली, स्पेन, बांग्लादेश, पाकिस्तान, मलेसिया, इन्डोनेसिया, कोरिया, अमेरिका, चिली, मोरक्को, टर्की र युगान्डामा पनि पाठ्यपुस्तकमा महिलासँग जोडिएका रुढीका बारे उल्लेख गरिएको छ।

नेपालले गरिरहेका विभिन्न प्रयासबारे समेत उल्लेख भएको रिपोर्टमा भनिएको छ, ‘नेपाल सरकारले २०३० सम्म शिक्षाको आधारभूत ढाँचा र सुविधा अपांगता अनुकूल बनाउने, शिक्षक प्रशिक्षणमा सुधार गर्ने र लचिलो पाठ्यक्रम विकास गर्ने कार्य योजना बनाउँदै छ। यद्यपि, सरकारले अहिलेसम्म कानुन, नीतिलाई अन्तर्राष्ट्रिय समावेशी शिक्षा मानक अनुरुप स्पष्ट बनाउन सकेको छैन।’

नेपालमा दृश्य, श्रवण र शारीरिक कमजोरी भएकामध्ये ४० प्रतिशतले आफ्नो शिक्षालाई गरिबीका कारण अगाडि बढाउन नसकेको पनि रिपोर्टमा उल्लेख छ।

प्रकाशित: Jul 01, 2020| 19:05 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्