काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यरत कर्मचारीहरुको कोरोना बिमा गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतले पार्टीको केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीको कोरोना बिमा गरिदिएका हुन्।
केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्यलाई दृष्टिगत गर्दै कोरोना विशेष बिमा गरि दिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।
केसीले एक विज्ञप्ति जारी गरी यसबारी जानकारी तथा बिमा गरिदिने पूर्व मन्त्री बस्नेतलाई धन्यवाद दिएका छन्।
