मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गरिमा बैंकले सार्वजनिक यातायातलाई एक महिनाको व्याज छुट दिने

गरिमा बैंकले सार्वजनिक यातायातलाई एक महिनाको व्याज छुट दिने

गरिमा विकास बैंकले सार्वजनिक यातायातको लागि ऋण लगेका ऋणीहरुको एक महिनाको व्याज मिनाहा गरेको छ ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

गरिमा विकास बैंकले सार्वजनिक यातायातको लागि ऋण लगेका ऋणीहरुको एक महिनाको व्याज मिनाहा गरेको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्न नसकेर आम्दानी गर्न नसकेका सार्वजनिक यातायात व्यवसायीले व्याज तिर्न नसक्ने भएकोले असार महिनाको पूरै व्याज छुट दिएको बैंकले जनाएको छ ।

याे पनि पढ्नुहाेस् :

कोभिड–१९ को संक्रमण हुन नदिन सरकारले गत चैत ११ बाट लकडाउन गरिरहेको छ। लकडाउनका कारण यात्रुवाहक सार्वजनिक यातायात चल्न सकेका छैनन् । उनीहरुले लिएको ऋणको व्याज पनि बढेको छ । बैंकहरुले पनि व्याज तिर्नका लागि ताकेता गरिरहेका छन् ।

बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधनहरु बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकको कर्जामा एक महिनाको ब्याज छुट दिएको हो।

राष्ट्र बैंकले वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशतले छुट दिन भनेको छ। बैंकका प्रखु कार्यकारी अधिकृत गोविन्द ढकालका अनुसार बैंकले राष्ट्र बैंकले निर्देशन गरेको दुई प्रतिशतका अलावा एक महिनाको ब्याज छुट दिइएको हो ।

 

प्रकाशित: Jul 01, 2020| 18:30 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्