काठमाडौं- घरेलु तथा साना उद्योग कार्यालय बाराका एक कार्यालय सहयोगी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खेमराज चौधरीलाई पक्राउ गरेको हो।
चौधरीले होटल सञ्चालनका लागि अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियार हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए।
चौधरी करार सेवामा कार्यरत हुन्।
