मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा २५ जना कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

कर्णालीमा २५ जना कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आज २५ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज २५ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये सल्यानका १५ जना, सुर्खेतका ७ जना, दैलेखका २ जना र जुम्लाका १ जना छन्।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नं. १ र ४ मा १-१ जना, वडा नं.२ र ३ मा ५-५ जना, वडा नं. ७ मा ३ जना र वडा नम्बर उल्लेख नगरेका १ जना गरी १५ जना छन्।

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ३, वीरेन्द्रनगर नगरपालिका वडा नं. २ र लेखबेशी नगरपालिका वडा नं. ९ मा १-१ जना तथा चौकुने गाउँपालिका वडा नं. २ र १० का २-२ जना संक्रमित थपिएका छन्।

त्यस्तै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ५ र ७ तथा जुम्लाको तिला गाउँपालिकामा वडा नं २ का १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार आजै सुर्खेतको मेहलकुनाबाट ५ जना र चौकुने आइसोलेसनबाट १ जना गरी ६ जना डिस्चार्ज भएका छन्।

प्रकाशित: Jul 01, 2020| 18:12 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।