सल्यान कारागारका कैदीबन्दी आन्दोलनमा उत्रेका छन्।
जानकारीबिना नै केही कैदीबन्दीलाई तुलसीपुर कारागार दाङमा सरुवा गर्न लागेको र कारागारको नाइकेले अभद्र व्यवहार गरेको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार घटनाको छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । कैदीबन्दी आन्दोलित भएपछि सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको हो ।
छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्नेछ । सल्यान कारागारमा ९३ जना पुरुष, १७ जना महिला र ३ बालक गरी ११३ जना कैदीबन्दी छन् ।
