काठमाडौं- पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा १७ जना कोरोना संक्रमित भेटिएका छन्।
थप भएका संक्रमितमध्ये काठमाडौंका १० जना, भक्तपुरका २ जना र ललितपुरका ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा काठमाडौंका २ महिला र ४ जना पुरुष तथा धुलिखेल अस्पतालमा धुलिखेलको प्रयोगशालमा गरिएको परिक्षणमा भक्तपुरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा भक्तपुरका १ महिला, काठमाडौंका ३ महिला र १ पुरुष, ललितपुरका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार उपत्यकामा १४ जना संक्रमित थपिएका थिए।
