मंगलबार, भदौ ९, २०८३

झुक्याउलान् जिससका वेबसाइटले !

यहाँका केही जिससका वेबसाइटमा सूचना अधिकारी भनेर दुई जनाको नाम उल्लेख गरेको पाइन्छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

धनगढी– दार्चुलाका जिल्ला समन्वय अधिकारी हुन्, मोहन धामी। तर, जिल्ला समन्वय समिति (जिसस) दार्चुलाको वेबसाइटमा भने पहिलेकै जिल्ला समन्वय अधिकारी कमलबहादुर थापाको नाम छ। जबकि उनी जिसस, दार्चुलाबाट सरुवा भएको एक वर्ष भइसक्यो।

जिसस, बैतडीको वेबसाइटमा पनि अहिलेका जिल्ला समन्वय अधिकारी रघुनाथ अवस्थीको नाम उल्लेख छैन।

उक्त वेबसाइटमा पनि यसअघिका जिल्ला समन्वय अधिकारी खेमराज विष्टको नाम राखिएको छ। कार्यालयका एक कर्मचारीका अनुसार विष्टले जिल्ला समन्वय अधिकारीका रुपमा रहेर काम गरेका थिए।

जिसस, बाजुराको वेबसाइटको अवस्था पनि उस्तै छ। उसको वेबसाइटमा मनिराम खत्रीलाई सूचना अधिकारी उल्लेख गरिएको छ। तर, उनी एक वर्षअघि नै त्यहाँबाट समायोजन भएर गइसकेका छन्। हाल उनी बडीमालिका नगरपालिकामा लेखापालका रुपमा कार्यरत छन्।

यी उदाहरणबाट सुदूरपश्चिमका जिसस कार्यालयका वेबसाटड अपडेट नभएको पुष्टि हुन्छ। त्यसो त अन्य सरकारी कार्यालयका वेबसाइट पनि अपडेट नभएको सेवाग्राहीको गुनासो छ। यसले झुक्याउनेसँगै सूचना प्राप्तिमा कठिनाइ हुने गरेको उनीहरु बताउँछन्।

त्यसो त यहाँका केही जिससका वेबसाइटमा सूचना अधिकारी भनेर दुई जनाको नाम उल्लेख गरेको पाइन्छ।

जिसस, कैलालीको वेबसाइटको गृहपृष्ठमा वीरमान ताम्राकारलाई सूचना अधिकारी भनिएको छ । तर, वेबसाइटको सम्पर्क मेन्युमा तत्कालीन जिल्ला विकास समितिका सूचना अधिकारी योगेन्द्रप्रसाद ओझा (जसले अवकास पाइसकेका छन्) को नाम उल्लेख छ। जिसस, कञ्चनपुरको वेबसाइटमा पनि तत्कालीन जिल्ला विकास समितिका सूचना अधिकारी मानप्रसाद भट्टको नाम अझै राखिएको छ।

सरकारी कार्यालयका वेबसाइट अपडेट नहुँदा सूचना प्राप्तिमा समस्या हुने गरेको नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख दिलबहादुर छत्याल बताउँछन्। “नामसमेत अपडेट गर्न नसक्ने कार्यालयबाट सूचना पाइएला भनेर के विश्वास गर्नु?” उनी व्यंग्य गर्छन्।

वेबसाइट अपडेट गराउन कसैले चासो नदेखाएको उनको आरोप छ। सरकारी कार्यालयका कर्मचारी भने वेबसाइट अपडेट नहुनुमा विभिन्न बहाना बनाई पन्छिने गरेका छन्।

दार्चुलाका जिल्ला समन्वय अधिकारी धामी आईटीको कर्मचारी सरुवा हुँदा वेबसाइड अपडेट हुन नसकेको स्वीकार्छन्।

आईटीका कर्मचारी सरुवा भएपछि आफै अपडेट गर्न पहल गर्दा एडमिन र पासवर्ड नपाएको उनले बताए।

“एडमिन र पासवर्ड माग्दा पहिलेका आईटी कर्मचारीले बिर्सिएको भने। त्यसपछि मन्त्रालय (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)मा सम्पर्क गर्याैं। त्यहाँका कर्मचारीले प्रादेशिक इकाईमा सम्पर्क गर्न भन्नुभयो। तर, उक्त इकाईमा सम्पर्क गर्दा पनि पाइएन,” दार्चुलाका जिल्ला समन्वय अधिकारी धामीले भने।

उनले अबको दुई–तीन दिनमा वेबसाइट अपडेट गर्ने बताए।

बैतडीका जिल्ला समन्वय अधिकारी रघुनाथ अवस्थी वेबसाइट अपडेट नहुनुको कारण बताउन चाहेनन्। यद्यपि, उनले तत्काल वेबसाइट अपडेट गर्न पहल गर्ने बताए।

प्रकाशित: Jul 01, 2020| 17:15 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।