मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

विराटनगर– प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, मोरङको उर्लाबारी र केराबारीमा १–१ पुरुष, इलामको सुर्योदयमा २ महिला, सुनसरीको इटहरीमा १ महिला र ताप्लेजुङको फुङलिङमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ जना पुगेका छन् ।

प्रकाशित: Jul 01, 2020| 16:44 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।