मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, आज ४८२ जना थपिए

कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, आज ४८२ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर विधिबाट कोरोना रीक्षण गरिएको छ।

जसमध्ये आज महिला ११७ र पुरुष ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

हालसम्म कोरोना पुष्टि भएकामध्ये १ हजार ७७४ महिला र १२ हजार २७२ जना पुरुष रहेका छन्।

हालसम्म २ हजार ६१ जना १८ वर्ष मूनिका बालबालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विश्वका अन्य देशमा बालबालिकामा संक्रमण कम देखिएको भए पनि नेपालमा बालबालिकामा संक्रमण हुने दर बढी देखिएको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा हाल ४८ हजार ३६२ जना बसिरहेका छन्।

यस्तै कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका व्यक्तिहरुको संख्या ९ हजार ३ सय ६० रहेको छ।

नेपालमा केरोनामुक्त भएर हालसम्म ४ हजार ६५६ जना डिस्चार्ज भएका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।

प्रकाशित: Jul 01, 2020| 16:32 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।