बुधबार, चैत ११, २०८२

कृषि तथा वनविज्ञान विश्वविद्यालय कामुको भरमा

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर लामो समयदेखि कायममुकायम प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

चितवन– कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर लामो समयदेखि कायममुकायम प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ।

National life

उपकुलपति, रजिस्ट्रार, डिन लगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय कायममुकायमको भरमा सञ्चालन हुँदै आएको हो।

विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट रिक्त छ। रजिस्ट्रार माघ १२ र दुईवटा संकाययका डिन जेठ १ गतेदेखि खाली छ। कृषि र भेटेरिनरी संकायका डिनको जिम्मेवारी सहायक डिनलाई कायममुकायम बनाएर दिइएको छ।

त्यस्तै आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशक जस्ता महत्वपूर्ण अधिकारीहरु खाली छन्।

विश्वविद्यालय सञ्चालन गर्ने कार्यकारी परिषद्को सात सदस्यमध्ये एकजना विधिवत् रुपमा रहेका छन्। अर्को व्यवस्था नभए सम्मका लागि तत्कालीन डिन शारदा थपलियालाई उपकुलपतिको जिम्मेवारी दिइएको छ।

Laxmi sunrise bank
kumari

उनलाई दैनिक कार्य व्यवस्थापन गर्न मात्र जिम्मेवारी दिइएको हो।

थपलियाले पूर्ण जिम्मेवारी नपाउँदा दीर्घकालीन महत्वको काम गर्न नमिलेको र रजिस्ट्रार नहुँदा आर्थिक र प्रशासनिक काममा समस्या देखिएको बताइन्।

पदाधिकारी नहुँदा विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन्।-रासस

प्रकाशित: Jul 01, 2020| 16:31 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्