मंगलबार, भदौ ९, २०८३

कर र कर्जामा सहुलियत दिन यातायात व्यवसायीकाे माग

नेपाल यातायात व्यवसायी महासंघले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं- नेपाल यातायात व्यवसायी महासंघले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ।

महासंघ अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वका महासंघको टोलीले अर्थ सचिव शिशिरकुमार ढुंंगानालाई बुधबार मन्त्रालयमा भेट गरी यातायात व्यवसायमा सहुलियतको माग गरेको हो । महासंघले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनः कर्जाको व्यवस्था गर्न माग गरेको छ।

अर्थसचिव ढुंंगानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए।

महासंघको मागप्रति अर्थ सचिव ढुंंगाना सकारात्मक रहेको पनि सिटौलाले जानकारी दिए।

महासंघले यस अघि पनि पटक–पटक विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि भेटेर सवारीसाधन सञ्चालन नभएको समयमा सहुलियतको माग गर्दै आएको छ।

ट्याक्सी चालकले यातायात व्यवस्था विभागमा ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। सरकारले गत चैत ११ देखि जारी राखेको बन्दाबन्दीमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन भए पनि सार्वजनिक सवारीसाधन खुलाउने सम्बन्धी कुनै निर्णय गरेको छैन। -रासस

प्रकाशित: Jul 01, 2020| 16:32 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।